कास्की जिल्लामा आजमात्रै ५४ जनामा कोरोना पुष्टि भयो । यसमध्ये पोखरा महानगरमा मात्रै आज ५० जनालाई कोरोना पुष्टि भएको हो । रुपा गाउँपालिकामा ४ जना थपिए । पोखरामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेको हो । यसअघि सबैभन्दा धेरै भनेको एकैदिन ३४ जना थिए । गण्डकीमा आज ९३ जना थपियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६४ पुगेको छ ।
पछिल्लो चौथो विज्ञप्ति अनुसार कास्कीमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ का ६ वर्षीय बालक सहित २ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, ६ का १ महिला, ७ का ३ पुरुष, वडा नम्बर ८ का २ महिला सहित १ पुरुषलाई कोरोना पुष्टि भएको छ ।
त्यस्तै, वडा नम्बर ९ का १ महिला, वडा नम्बर १० का २ महिला सहित १ पुरुष, १३ का ४ महिला सहित १ पुरुष, वडा नम्बर १४ का २ महिला सहित १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, १७ का १ जना पुरुष, वडा नम्बर २५ का ८ वर्षीय बालिका सहित १ पुरुष र वडा नम्बर २६ का ३ महिला सहित १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कास्कीको रुपा गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर २ तथा ५ का ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर नखुलेका २ जना पुरुष, वडा नम्बर ५ र ६ का १(१ जना पुरुष तथा वडा नम्बर ६ का १ महिला र १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै, लमजुङको मध्यनेपाल नगरपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ३ का १ पुरुष र वडा नम्बर ६ का १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
स्याङ्जा जिल्ला, पुतलीबजारका ८० बर्षीया महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत छन् भने पोखरा महानगरपालिका ९ का २६ बर्षीया महिला सोहि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् । पोखरा महानगरपालिका २५ का ८ बर्षीया बालिका र १८ बर्षीय पुरुष, लमजुङ जिल्लाका तिनैजना व्यक्तिहरु भारतबाट आएका हुन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएको हो ।

तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ३ जनामा र गण्डकी प्रदेशमा थप ८ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा १० का २३ वर्षीय पुरुष, पोखरा( २७ का १२ वर्षका बालक पोखरा ९ का ६० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा नवलपरासीका ४ जना र तनहुँका ३ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो विज्ञप्तिअनुसार गण्डकी प्रदेशमा तनहुँका ११ जना र गोरखाका ९ जना गरी प्रदेशका थप २० जनामा कोरोना भाइरस देखिएको हो ।
निर्देशनालयका अनुसार तनहुँ ऋषिङ गाउँपालिकाका २, ३, ४, ५, ६ र ८ वडाका १९ देखि ५२ वर्ष उमेर समुहका ११ पुरुष तथा गोरखाको गोरखा १३ का ५२ वर्षीय पुरुष तथा २९ वर्षीया महिला र पालुङटारका १५ वर्षीया बालिका तथा १३ देखि ५५ वर्ष उमेर समुहका ६ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखरामा स्वास्थ्यकर्मी र विदेशबाट आएका सहित थप १७ जनामा कोरोना पुष्टि
पोखरामा सोमबार बिहानै १७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले पहिलो विज्ञप्ति जारी गर्दै कास्कीको पोखरा महानगरका ६ वटा वडाका ४ महिला र १३ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २३, २४, २९, ३७ र ४५ वर्षीय पुरुष, पोखरा ७ का जापानबाट आएका ४४ वर्षीय पुरुष, पोखरा ८ की महानगरमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिला, पोखरा १४ का ६ वर्षीय बालक, २६ वर्षका पुरुष र ४६ वर्षीय भारतबाट आएका पुरुष तथा २५ , २८ र ३७ वर्षीया महिला, पोखरा १७ का नेपाल प्रहरीमा कार्यरत २४ र ३३ वर्षका पुरुष तथा भारतबाट आएका २७ वर्षीय पुरुष र पोखरा ३३ का भारतबाट आएका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी विदेशबाट आएर क्वारेन्टिनमा बसेका बागलुङ बडीगाड १ का २२ वर्षीय पुरुष र ५ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा कोरोनाबाट थप १ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशको नवलपुर जिल्ला मध्यबिन्दु १२ का ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाएको हो ।
निर्देशनालयका अनुसार लुम्बिनी अस्पताल रुपन्देहीमा उपचाररत पुरुषको २६ गते दिउसो ४ः३० बजे मृत्यु भएको हो । मृतकमा निमोनिया र स्वासप्रस्वास सम्बन्धित समस्या रहेको निर्देशनालयले उल्लेख गरेको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो