पोखरा – कास्की प्रहरीले बैंकिंङ कसुर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपा गाउँपालिका वडा नं ५ देउराली बस्ने वर्ष ५७ का केश बहादुर गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालका अनुसार उच्च अदालत पाटनको २०७६ साल चैत्र १० गतेको फैसलाले बैंकिंङ कसुर मुद्धामा गुरुङलाई पचास लाख रुपैयाँ सहित ६ दिन कैद सजाय तोकेकोमा फरार रहँदै आएका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले आइतबार पोखरा -६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ