तत्काल जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

तत्काल जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

sarbochha-adalatfhfn9suhpi

काठमाण्डौ – सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न पाउने गरी सरकारले गरेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रायलाई विपक्षी बनाइ परेको रिटमा सनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्त सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले रिट दायर गरेका थिए । सर्वोच्च अदालतले आगामी असोज ८ गते छलफलका लागि बोलाएको छ । साथै अदालतले उक्त मितिसम्म गत भदौ १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

facebook sharing button7twitter sharing buttonemail sharing button

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds