लकडाउनका कारण नेपालमा रोकिएका विदेशी नागरिकको भिसा सेवा शुरु

लकडाउनका कारण नेपालमा रोकिएका विदेशी नागरिकको भिसा सेवा शुरु

Tourists in Nepal

काठमाण्डौ -अध्यागमन विभागले कोरोना भाइरसका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा शुरु गरेको छ ।

सरकारले कोरोना संक्रमणका कारण लकडाउन जारी गरेपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट सुचारु भएको छ । उडान खुला भएसँगै नेपालमा लकडाउन र निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकहरुको भिसा सहजिकरणका लागि सेवा सुचारु गरिएको विभागले जनाएको छ।

विभागले सेवा शुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताए ।

भिसाको म्याद सकिएकालाई सेप्टेम्बर १५ अर्थात् भाद्र ३० गते सम्म आफ्नो देश फर्किन समय दिइएको छ । यो समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन । तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ अर्थात् मंसिर मसान्तबाट लागु हुने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने केसीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds