नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु भएको छ।
मोरङमा कोरोनाबाट ४० वर्षीय र ७० वर्षीय दुई पुरुषको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ६१ वर्षीया महिला र ७७ वर्षीय, ६२ वर्षीय,७३ वर्षीय ८५ वर्षीय ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीय महिला, नवलपरासीकी ६३ वषीया महिला, पर्सामा ५५ वर्षीया महिला, कपिलवस्तुकी ४७ वर्षीया महिला गरी १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम