पोखराका ३ सहित गण्डकीमा थप ८ संक्रमित थपिए

पोखराका ३ सहित गण्डकीमा थप ८ संक्रमित थपिए

Gandaki covid corona 5

सोमबार पोखराका थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ३ जनामा र गण्डकी प्रदेशमा थप ८ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा १० का २३ वर्षीय पुरुष, पोखरा- २७ का १२ वर्षका किशोर, पोखरा- ९  का ६० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा  नवलपरासीका ४ जना र तनहुँका ३ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीमा संक्रमितको संख्या ३ हजार २० छ । तीमध्ये १८ सय ७८ जना निको भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ