कोरोना बीमा : अब निजी ल्याबको परीक्षण रिपोर्ट मान्य हुने

कोरोना बीमा : अब निजी ल्याबको परीक्षण रिपोर्ट मान्य हुने

Bima Corona

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने भएको छ । यस अघि सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था रहेकोमा बीमा समितिले मापदण्ड संशोधन गरेर निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने व्यवस्था गरेको हो ।

यस अघि मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय माताहतका निकायबाट परीक्षण गरिएको परीक्षण रिपार्ट मात्रै दावी भुक्तानीका लागि हुने व्यवस्था रहेको थियो । यसको चौतर्फी आलोचना भए पछि समितिले मापदण्ड नै संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुककै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेको हो ।

यो सँगै कोरोना बीमा दावी भुक्तानीमा देखिएको बिवादको अन्त्य भएको छ । मापदण्ड संशोधन गरेर बीमा समितिले अब कोरोना बीमाको सामुहिक पोलिसीमात्रै जारी गर्ने समेत नीति बनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds