काठमाडौ । सरकारले कोरोना परीक्षणको शुल्क २ हजार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत अबदेखि कोरोना परीक्षणको शुल्क २ हजार निर्धारण गरिएको बताए ।अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क अधिकतम २ हजार तोकिएको डा.गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयले शुरुमा नेपालमा ५ हजार ५ सयमा पीसीआर परीक्षण गराएको थियो । उक्त शुल्क केही सयम अघि घटाएर ४ हजार ४ सय कायम गरेको थियो ।
विभिन्न प्रयोगशाला तथा निजी असपतालहरुले २५ सयमै कोरोना परीक्षण गर्न थालेपछि सरकारले पीसीआर परीक्षणको शुल्क महंगो लिएको जनगुनासो बढेको थियो । कोरोना परीक्षणको शुल्क निजी अस्पतालको भन्दा सरकारी प्रयोगशालाको बढी भएको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले परीक्षण शुल्क घटाएर २ हजार बनाएको हो ।
डा गौतमले बंगलादेशबाट ५ हजार भाइल रेम्डेसिभिर उपलब्ध भएको भन्दै उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार प्रयोग गर्न सुचीकृत भएका अस्पतालहरुमा मात्र बिरामीको चाँपको आनुसार वितरण गर्ने बताए ।
उनले त्यसको सम्पूर्ण विवरण परिषद्ले नै स्वास्थ्य मन्त्रालयले पेस गर्नुपर्ने पनि बताए । यस्तै नेपालमा एम्बुलेन्सहरु बिरामी बोक्ने बाहेक अन्य काममा प्रयोग भइरहेको गुनासो बढेको हुँदा यस्तो गरेको पाइए उनीहरुको दर्ता खारेज गरिने पनि डा. गौतमले बताए ।
सम्बन्धित खबर
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मासु अड्किएर एक जनाको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर