कुलमानको चार वर्षे कार्यकाल पूरा, पुनः नियुक्तिका बारेमा निर्णय भएन

कुलमानको चार वर्षे कार्यकाल पूरा, पुनः नियुक्तिका बारेमा निर्णय भएन

kulman

काठमाण्डौ –  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि पूरा भएको छ ।

पुनः नियुक्तिका विषयमा हालसम्म कुनै निर्णय नभएका कारण उनको कार्यकाल आइतबार पूरा भएको हो । यद्यपी सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट यसबारे ठोस निर्णय निस्कने बताइएको छ ।

तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुँदासम्म मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भैरहेको थियो । तर जिम्मेवारी सम्हालेकै वर्षको तिहारबाट घिसिङले काठमाडौं उपत्यकाबाट अनौपचारिक रुपमा लोडसेडिङ मुक्त अभियान शुरु गरेका थिए । चार वर्षे कार्यकाल सकिदासम्म घिसिङ उक्त अभियानमा सफल भएका छन् । अहिले देश नै लोडसेडिङमुक्त भैसकेको छ ।

घिसिङको कार्यशैलीबाट प्रभावित सर्वसाधारणले पुनः कार्यकारी निर्देशकमा घिसिङकै निरन्तरता चाहेका छन् । तर कार्यकाल सकिने अन्तिम दिनसम्म पनि सरकारले यसबारेमा कुनै निर्णय गरेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ