पछिल्लो २४ घण्टामा १ हजार ३९ एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा संक्रमित ५४ हजार १५९ छन् ।
आज विभिन्न जिल्लामा गरी ११७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६९७ छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ७१.५ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार १६५ नमूना परीक्षण भएका थिए । हालसम्म ८ लाख ४० हजार ५२७ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ५३६ छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते