रहेनन् भोजबहादुर गुरुङ ‘सिकन्दर’

रहेनन् भोजबहादुर गुरुङ ‘सिकन्दर’

sikandar

नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’को निधन भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । पछिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवारसमेत रहेका थिए ।

विद्यार्थी राजनीतिबाट उदाएका सिकन्दर सोझा, सालिन, त्यागका पर्यायका रुपमा चिन्नेजान्नेहरुले लिन्छन् । उनी २०३६ र ४६ सालको आन्दोलनमा अग्रमोर्चामा रहेर खटिए । बहुचर्चित स्याङ्जा गोलीकाण्डमा वीपीलाई बचाउने जिम्मेवारी पनि उनले लिएको जानकारको भनाई छ । विपीदेखि सबै शीर्षस्थ नेताहरुको संगतमा रहेपनि कहिल्यै यसको फाइदा उठाएनन् र पदको लाभ लिएनन् । पछिल्लो समय टिकट पाउँदा समेत आफ्नो लागि माग्न नगएपनि आफूलाई दिएको भन्दै दंग परेका थिए । उनले चन्दा उठाएर चुनावी प्रचार गरेनन् । यद्यपी, उनले जित भने हात पारेनन् ।

भोजबहादुरको सोमबार बौद्ध अघौं सदनमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ । लोकतान्त्रिक योद्धा र पार्टीको बफादार सिपाहीको देहावशान भएको भन्दै काँग्रेसका नेता कार्यकर्ताले उनको स्मरण गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds