अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो । पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट उक्त जिल्लाका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् ।
सडक पन्छाएर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । ठूलो मात्रामा ढुङ्गा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उनले जानकारी दिए । सो स्थानमा गत साउनमा पनि ठूलो पहिरा र ढुङ्गा खस्दा सडक एकतर्फि मात्रै सञ्चालन हुँदै आएको थियो ।
सम्बन्धित खबर
मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी
पर्वतमा देउसी भैलोप्रतिको आकर्षण बढ्दै
पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
पर्वतको महाशिलामा ७ करोडका पर्यटकीय पूर्वाधार निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ