तनहुँ । तनहुँका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ निवासी ७६ वर्षिया महिलाको गत भाद्र २४ गते बुधबार मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।
भाद्र २० गते अस्पताल भर्ना भएकी उनमा गत भाद्र २३ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई मुटु सम्बन्धि समस्या रहेको थियो ।
तनहुँमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।
तनहुँमा कोरोनाको अवस्था
तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३५ जना पुगेको छ भने निको हुनेको सङ्ख्या २२६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै ४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते