पोखरा – आइतबार बिहानै गण्डकीका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहान १० बजेसम्मको तीनवटा विज्ञप्तिमा क्रमश ३२, ४ र २९ जनामा संक्रमण पुष्टि भएको हो ।
तेस्रो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्ला लमजुङ, नवलपुर, तनहुँ, स्याङ्गजा र गोरखाका २९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ९ का २९ र २१ वर्षीया महिला सहित ३४, २०, २२, २६ र २४ वर्षीया महिला, वडा नं ७ का ३१ वर्षीय पुरुष र वडा नं ५ का २५ र ४३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै तनहुँको ब्यास नगरपालिका ४ का ४३ वर्षीय पुरुष, म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय पुरुष, म्याग्दे ६ का २५ वर्षीया महिला र म्याग्दे १ का २० र २९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यता स्याङ्गजाको गल्याङ नगरपालिकाका २१ वर्षीय (वडा नखुलेको) पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै गोरखाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका ७ का २८ वर्षीका महिला र पुरुष, र सोही गाउँपालिका ८ का २५ वर्षीया महिला र वडा नखुलेका ३० र ३३ वर्षीया महिला सहित २२ र २६ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै नवलपुरको विनयत्रिबेणी गाउँपालिका ६ का २९ र ३९ वर्षीया महिला सहित ३३ वर्षीय पुरुष, वडा नं ५ र ७ का क्रमश: ५६ वर्षीया महिला सहित २३ र २७ वर्षका पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो, संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २९६८ पुगेको छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो