सिन्धुपाल्चोकको बाह्रविसे ७ मा भीषण पहिरो : १८ घर पुरिए, दर्जन बढी मानिस बेपत्ता

सिन्धुपाल्चोकको बाह्रविसे ७ मा भीषण पहिरो : १८ घर पुरिए, दर्जन बढी मानिस बेपत्ता

bahrabise-nagapuche-pahiro

सिन्धुपाल्चोक – केही समय अगाडी बाढी पहिरोले वितन्डा मच्चाएको सिन्धुपाल्चोकमा शनिबार राती पुनः बस्ती बगाएको छ । जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गएराती आएको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर गरि १८ घर पहिरोमा पुरिएका छन् ।

स्थानीयका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिनसमेत कठिन रहेको स्थानियको भनाइ छ । बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका हुन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार अहिले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्दारका लागि पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds