नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु

corona death

File Photo.

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३ जना महिलासहित १४ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ।

मृत्यु हुनेका पर्सा, काठमाडौं र तनहुँका महिला छन्। उनीहरू उमेर ७८, ७६ र ७६ वर्षका हुन्। यसैगरी, भक्तपुरका ७२, ३८ वर्षीय पुरूष, सुनसरीका ४३ वर्षीय पुरूष, काठमाडौंका ५१ र ५४ वर्षीय पुरूष, चितवनका ६१ वर्षीय पुरूष, स्याङ्जाका ८५ वर्षीय पुरूष, गोरखाका ४५ वर्षीय पुरूष, कास्कीका ५१ वर्षीय पुरूष,रुपन्देहीका ४० र ६० वर्षीय पुरूष छन्।

योसँगै नेपालमा कोरोनाबाट मृत्य हुनेको संख्या ३३६ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds