पोखरामा मृत्युपछि एक महिलाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । बिहीबार राति मृत्यु भएकी महिलाको आज कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटनकी ४७ वर्षीया महिलाको शुक्रबार बिहानै अन्त्येष्टि गरिएकोमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
लामो समय ब्लड क्यान्सरबाट पीडित उनी स्वास्थ्यमा समस्या भएपछि पोखरा गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा तीन दिनअघि भर्ना भएकी थिइन् । बिहीबार बिहान कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा राति सवा १ बजे भेन्टिलेटरमा रहँदा मृत्यु भएको थियो ।
अस्पतालले कोरोनाका कारणले नभई मृत्यु अन्य कारणले भएको जनाउँदै भोलिपल्ट बिहान परिवारजनलाई शव हस्तान्तरण गरेपछि परिवारले अन्त्येष्टि गरेका थिए ।
महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा उपस्थिति रहेको थियो । पर्यटन व्यवसाय क्षेत्रमा संलग्न रहेकाले पनि दाहसंस्कारमा धेरैको उपस्थिति रहेको थियो । अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै परिवारलाई शव हस्तान्तरण गर्नु गम्भिर लापरवाही भएको स्वास्थ्य महाशाखाको भनाई छ । महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।
फिस्टेल हस्पिष्टलको गम्भिर लापरबाही !
महिलाको मृत्यु कोरोनाबाट होइन भन्दै शव अस्पतालले दिएपछि परिवारले पनि निर्धक्क भएर संस्कार अनुसार नै अन्त्येष्टि गरेकोमा मृत्युको १ दिनपछि रिपोर्ट पोजिटिभ आयो । महिला अस्पतालमा उपचारका लागि ल्याएपछि पीसीआर जाँच गर्न स्वाब पठाइयो तर रिपोर्ट नआउँदै शव आफन्तलाई जिम्मा दियो ।
हस्पिटलको यस्तो बेवास्ताले एक त उपचारमा खटिने स्वास्थ्यकर्मीहरु नै असुरक्षित हुन पुगे । अर्को त संक्रमित व्यक्तिको शव परिवारलाई दिँदा आफन्त, परिवारजनका साथै मलामी जानेहरुलाई पनि जोखिम बढायो ।
बिरामीहरु जाने हस्पिटल जस्तो ठाउँमा समेत जोखिम बढ्यो । आफ्नो स्वास्थ्यको परवाह नगरी उपचारमा खटिने चिकित्सक, नर्सहरु यस्ता परिस्थितिसँग जुध्दै अघि बढ्नुपरेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत नवराज शर्माले बुँदागत रुपमै अस्प्ताललाई केही प्रश्न गरेका छन् ।
उनले लेखेका छन्ः
पोखरामा रहेको फिस्टेल अस्पतालले प्रष्ट पार्नुपर्ने केहि प्रश्नहरु :-
१, मृतक महिलाको कोरोनाको नमुना परिक्षण किन गरेको ?
२, परिक्षणको लागि नमुना क्षयरोग केन्द्रमा पठाएपछी मृतकको शब किन परिबारलाई हस्तान्तरण गरिएको ? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको ?
३, नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको हो ?
४, कि अस्पताल प्रसाशनले प्रदेश सरकारलाई अटेरी गरिएको हो ?
५, अस्पताल प्रशासनले गरेको गल्तिले गर्दा हिजो मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?
६, यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?
७, के फिस्टेल अस्पतालले जे गरेपनि हुने हो, मनपरी छ अस्पताललाई जनस्वास्थ्यको बिषयमा ?
८, यो महामारीको बेलामा यस्तो मनपरी किन ?

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो