कोरोनाविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि अन्तिम तयारीमा

कोरोनाविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि अन्तिम तयारीमा

russia vaccine

कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि प्रयोगको अन्तिम तयारीमा रहेको छ । स्पुतनिक भी नाम दिइएको भ्याक्सिन रुसका विभिन्न क्षेत्रमा धमाधम पुर्‍याइन थालिएको छ ।

रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो लट रुसको विभिन्न प्रान्तमा लगिएको छ । अब भ्याक्सिन सर्वसाधारणलाई लगाइनेछ । जोखिममा रहेकालाई प्राथमिकतामा राखेर भ्याक्सिनको प्रयोग गरिने जनाइएको छ ।

११ अगष्टमा अनुमोदन गरिएको भ्याक्सिन सेम्टेम्बरमा प्रयोग गरिसक्ने भनिएको छ । यसका लागि विभिन्न प्रक्रिया बाँकी रहेकाले समय लागेको हो । रुसी भ्याक्सिन अनुमोदन भएको सँसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ