कास्कीमा भाेलिदेखि सार्वजनिक यातायात चल्ने

कास्कीमा भाेलिदेखि सार्वजनिक यातायात चल्ने

pokhara bus

कास्कीमा भोली (आइतबार)देखि यात्रुबाहक सवारी साधन चल्ने भएको छ । भदौ २६ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षा सतर्कता अपनाएर सार्वजनिक यातायात सन्चालनमा ल्याउन दिने निर्णय गरेको छ ।

भदौ २० देखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति सम्मको लागि मात्र रहेको छ। जोरबिजोर प्रणाली लागु गरिए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन। निर्णयमा सीमित रहेका जोरबिजोर प्रणाली प्रशासनले हटाएको छ ।

अब निजी सवारी साधन बिहान ६ बजेदेखि राति ८ बजेसम्म चलाउने पाइने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds