समुदायमा संक्रमण फैलिएको आशंकामा कुश्मा बजार एक हप्ताका लागि सिल

समुदायमा संक्रमण फैलिएको आशंकामा कुश्मा बजार एक हप्ताका लागि सिल

kushma-parwat

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा सदरमुकाम कुश्मा बजारका ४ वटा वडा एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको छ ।

शुक्रबार भेटिएका एकजना संक्रमित क्वारेन्टाइनमै रहेकाे तर अर्का एक जना समुदायमा घुलमिल भएको देखिएकाले थप जोखिम बढ्न सक्ने भन्दै सिल गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रशासन कार्यालयका अनुसार शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडा सिल हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds