कक्षा ११ को आन्तरिक मूल्यांकनको काम विद्यालय खुलेपछि मात्र

कक्षा ११ को आन्तरिक मूल्यांकनको काम विद्यालय खुलेपछि मात्र

कक्षा ११ को आन्तरिक मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरणलगायत काम विद्यालय सञ्चालनमा आएपछि मात्रै थालिने भएको छ। सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेपछि आन्तरिक मूल्यांकनको कार्यक्रम हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन्।

अध्यक्ष पौडेलले कोरोना महामारीका कारण तत्कालै मूल्यांकन, प्रमाणीकरणका सबै कार्यक्रम गतिविधि सञ्चालन गर्न नसकिने बताए। ‘कार्यविधि जारी भएको एक महिना भइसकेको छ,’उनले भने,‘आन्तरिक मूल्यांकन जस्ता कार्यक्रमको लागि पहिला विद्यालय खोल्नुपर्छ।

सरकारले विद्यालय खोल्ने निर्णय गरेपछि मात्रै यी सबै काम हुन्छ। कोरोना महामारीले तत्कालै काम गर्न सकिन्न।’ आन्तरिक मूल्यांकनको जिम्मा विद्यालयलाई दिइएकाले सबै काम विद्यालयललै गर्नुपर्ने उनले बताए। कोरोना महामारीले परीक्षा गराउने सम्भव नभएपछि सरकारले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविविधि, २०७७ जारी गरेसँगै सम्‍पूर्ण जिम्मा विद्यालयले पाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ