नविल बैंकको साइकल किन्न २ लाखसम्म बिना ब्याज ऋण, पोखराको चालिसे साइकलसंग सम्झौता

नविल बैंकको साइकल किन्न २ लाखसम्म बिना ब्याज ऋण, पोखराको चालिसे साइकलसंग सम्झौता

Cycle Land

काठमाण्डौ – नविल बैंकले साइकल किन्न २ लाखसम्म लोन दिने भएको छ। यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्नेछ। यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन।

‘२ लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा २ लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिनुभयो ।

अधिकारी त्रिपाठीका अनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ। बैंकले यो योजनाको लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ। यो योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने बैंकको विश्वास छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ