गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७३० पुगेको छ । गण्डकी प्रदेशमा आज थप ५१ जनामा कोभिड १९ संक्रमण देखिएको छ । कूल निको हुनेको संख्या १८ सय १४ पुगेका छन् । पछिल्लो पटक १० जना निको भएर घर फर्केका छन् । कूल सक्रिय संख्या ८ सय ९४ छ । यस प्रदेशमा २२ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी र पर्वत जिल्लामा कोभिड संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै कास्की जिल्लाको पोखरा महानगरपालिकामा २० जना संक्रमित थपिएका हुन्।
यस्तै, बाग्लुङमा ९, तनहुँमा ४, स्याङ्जामा १२, पर्वतमा १ र नवलपरासीमा ५ जना संक्रमित थपिएका हुन्। स्वास्थ्य निर्देशनालयको बिहीबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखरामा १९ जना थपिएका हुन् ।
पोखरा महानगरपालिका १५ का संक्रमित २३ वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन् । त्यस्तै दुई जना नेपाल प्रहरी छन् । पोखरा महानगरपालिका(१९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्वतमा नेपाल प्रहरीमा कार्यरत छन्। नवलपरासीमा थपिएका दुई जना भने २ वर्षीय र ४ वर्षीय बालक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयको बिहीबारको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका १ र तनहुँका १ गरि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा १७ का ६१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । यि संक्रमित व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पे क्लिनिकमा परिक्षणका लागि गएका थिए ।
यस्तै, तनहुँका शुक्लगन्डकी ६ का ३० बर्षीय महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । यि महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अस्पतालमा उपचाररत थिए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो