पोखरा – कोरोना भाइरस (कोभिड -१९) को परीक्षण रिपोर्ट बारे झुट्टा अफवाह फैलाएको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका ७ घर भइ हाल पोखरा ५ बस्दै आएका २९ वर्षीय ईश्वर रिमाल र चितवन जिल्ला भरतपुर महानगरपालिका ४ घर भइ हाल पोखरा ९ नयाँ बजार बस्दै आएका २२ वर्षीय निरज लम्साल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले प्रदेश जनस्वास्थ्य प्रयोगशाला (गण्डकी) पोखरामा कोरोनाको पीसीआर टेस्ट गराएकोमा वास्तविक रिपोर्ट भन्दा उल्टोसुल्टो पारी सामाजिक सञ्जालमा झुट्टा अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
अफवाह फैलाउने दुवै जना मोवाइल पसलका संचालक हुन् । उनीहरु मध्ये रिमाललाई भदौं २४ गते र लम्साललाई भदौ २५ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई झुट्टा अफवाह फैलाएको अभियोगमा मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
बागलुङमा भीरबाट फालेर ६ वर्षीय छोराको हत्या
कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती गर्ने युवक पक्राउ
बौद्धिक अपांगता भएकी युवतीलाई जबर्जस्ती करणी गर्ने हरिनासका एकजना पक्राउ
दशैंको रात बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
तनहुँमा श्रीमतीको हत्या आरोपमा बोटे पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु