प्रधानमन्त्रीद्वारा एसिड आक्रमणकारी विरुद्ध अध्यादेश मार्फत कडा कानून ल्याउने तयारी

प्रधानमन्त्रीद्वारा एसिड आक्रमणकारी विरुद्ध अध्यादेश मार्फत कडा कानून ल्याउने तयारी

KP Sharma Oli Sambodhan

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न नयाँ कानुनको मस्यौदा १५ दिनभित्र बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनुपर्ने माग गर्दै पीडित समूहले गरेको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत् नयाँ कानून बनाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले एसिड पीडितको माग अनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नयाँ कानूनमा अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने उल्लेख छ ।

ओलीले एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन् ।

यसबारे आगामी सोमबार बस्ने मन्त्रिपरिषदबाट पनि थप केही घोषणा हुने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds