पोखराको खानेपानी संस्थानका कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुससहित पक्राउ

पोखराको खानेपानी संस्थानका कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुससहित पक्राउ

wagle

खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालय, पोखरामा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई बगर ट्याक्सीचोकस्थित आशा मःमः रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो । वाग्लेले घुस मागेको सेवाग्राहीको मिटरमा अस्वभाविक बिल उठेको थियो । यो गुनासो लिएर उनी संस्थान पुगेका थिए । मर्मत गर्न वाग्लेले घुस मागेको खुलेको छ । यो विषयमा अख्तियारमा जानकारी गराएपछि मागबमोजिमको रकम लिएर अख्तियारसहितको टोली बगर पुगेको थियो ।

प्रशासन अन्तर्गत सहायक पदमा कार्यरत वाग्ले करारका कर्मचारी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ