तनहुँको भानु नगरपालिकामा थप १ हप्ता निषेधाज्ञा

तनहुँको भानु नगरपालिकामा थप १ हप्ता निषेधाज्ञा

Bhanu Municipality Tanahu np

तनहुँ । तनहुँको भानु नगरपालिकामा १ हप्ताको लागी निषेधाज्ञा थपिएको छ ।

दोस्रो पटक जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः निषेधाज्ञा जारी गरेको हो ।

यो तेस्रो पटक जारी गरिएको निषेधाज्ञा हो ।

निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

भानु नगरपालिकाबाट निषेधाज्ञा थप्न सिफारिस भएकाले एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको प्रजिअ आचार्यले जानकारी दिए ।

समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भानु नगरपालिकामा पहिलो पटक भदौ १ गतेदेखि १४ गतेसम्म र दोस्रो पटक भदौ १५ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds