पोखरा – पोखराका थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको बिहीबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ६ वटा वडाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा १५, ३२, २५, ८, ५ र १९ वडाका छन् । जसमा, वडा नं ८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा १५ का २३ वर्षीया महिला, पोखरा ३२ का ५० वर्षीय पुरुष, पोखरा २५ का ३६ वर्षीय पुरुष, पोखरा ५ का ४५ वर्षीय पुरुष र १७ वर्षीया युवती, र पोखरा १९ का २२ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, पोखरा ८ मा एकैपटक १३ जना अर्थात् १५, १३, ९ वर्षीय बालक सहित २५, २५, २९ वर्षका पुरुष तथा ८ वर्षीया बालिका सहित २८, २८, २८, ४०, २४ र ३४ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
जसमा पोखरा १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । पोखरा ३२ का ५० वर्षीय पुरुष पनि सोही अस्पतालमा उपचाररत बिरामी रहेका छन् । भने, पोखरा १९ का २२ वर्षीय संक्रमित व्यक्ति नेपाल प्रहरीमा कार्यरत रहेको बुझिएको छ ।
आज पुष्टि भएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।
यस्तै गण्डकी प्रदेश अन्तर्गत आज नै बाग्लुङको बरेङ, जैमिनी र गलकोट गरी ३ वटा पालिकामा ९ जना, तनहुँको भिमाद नगरपालिका १ मा ३ जना, पर्वतमा १ जना, स्याङ्गजाको पुतलीबजार नगरपालिकामा १२ जना र नवलपुरको कावासोती र देवचुली नगरपालिकामा ५ जना गरी गण्डकीमा कूल ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पर्वतका आज पुष्टि भएका संक्रमित पनि नेपाल प्रहरीमा कार्यरत रहेको बुझिएको छ भने, बागलुङ जैमिनीका ५१ वर्षीया महिला हाल पोखराको फेवासिटी अस्पतालमा उपचाररत बिरामी रहेको निर्देशनालयले जनाएको छ । बाग्लुङका अन्य संक्रमित विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हरु छन् भने, अन्य जिल्लामा पुष्टि भएका संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएकाहरु हुन् ।
संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७२८ पुगेको छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो