पोखरा । प्रहरीले बलात्कार आरोपमा पक्राउ परेका पोखरा घारीपाटन स्थित हिमालय आँखा अस्पतालका लेखा अधिकृत बामदेव सुवेदीलाई सार्वजनिक गरेको छ । अस्पतालमा कार्यरत दुई महिलाहरुले सुवेदी विरुद्ध करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई बर्ष ३१ की एक महिला र बर्ष ३६ की अर्की एक महिलालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा कास्की पोखरा ७ शान्तिनगर बस्ने वर्ष ३७ कासुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले जनाए ।
उनी विरुद्ध ३१ वर्षीया महिला कारबाहीका लागि अगाडि बढेकी थिइन् । ति महिलाले कर्मचारी यूनियनसमक्ष जानकारी गराएकी थिइन् । उनले सुवेदीले २०७६ मंसिरमा आफ्नो भाइको विवाहको लागि ५० हजार कार्यालयबाट सापटी माग गर्दा पटकपटक फोन गरी शारीरिक सम्पर्क गर्न दिए मात्र दिन्छु भनेको र धम्की दिएर खाना खाने समयमा बिहान ११ बजेदेखि १ बजेको समयमा बासस्थानमै आइ शारीरिक सम्पर्क राखेपछि मात्र सापटी रकम दिएको बताएकी छिन् ।
महिलाको आर्थिक अवस्था कमजोर रहेको र महिलाले बेलाबखत अप्ठ्यारो पर्दा अस्पतालबाट पाउनुपर्ने सुविधा बापत्को पेश्की माग गर्दा उसको यौन शिकार हुनुपरेको उल्लेख गरेकी छन् । अस्पतालमा काम गर्ने क्रममा एकान्त ठाउँ पाउनासाथ सुवेदीले हातपात गर्न खोजेको उनले बताएकी छन् । ति ३१ वर्षीया महिलाले अस्पतालभित्रै यसरी कुरा खोलेपछि अरु महिलाहरु पनि पीडित बनेको थाहा भएको थियो । चार महिलाले आफूहरु पनि कुदृष्टिमा परेको बताएका थिए । अर्का ३६ वर्षीया महिलाले पनि आफूमाथि यौन हिंसा भएको भन्दै दुई महिला मिलेर मंगलबार उजुरी गरेका हुन् ।
पीडित महिलाको जाहेरीका आधारमा सुबेदीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो