पोखरा – कोरोना संक्रमणका कारण मंगलबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १० निवासी ७३ वर्षीया महिला रहेकी छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गत भाद्र २२ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रको आइसीयु कक्षमा उपचाररत ती महिलाको मंगलबार दिउँसो ३:५० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे ।
वृद्धा बिरामी भएपछि पोखराकै मेडिप्लस अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई कोरोना संक्रमण भएको आशंकामा अस्पतालका चिकित्सकले स्वाब परीक्षण गर्न पठाएको थियो। कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए।
कोरोना पोजेटिभ भइ प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेमा उनी नवौं महिला हुन् । अहिलेसम्म गण्डकीमा कोरोना भाइरस रोगबाट २१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये कास्कीका ७ जनाको ज्यान गएको छ ।

यसअघि, हिजो काठमाण्डौमा मृत्यु भएकी महिलाको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज मृत्यु पुष्टि गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ निवासी ६३ वर्षीया महिलाको उपचारका क्रममा भदौ २१ गते वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको हो ।
उनलाई ब्रेन ट्युमर तथा मृगौलाको समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । मृतक महिलालाई भदौ १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो