गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय ६० पुगेको छ । यसैगरी, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८०४ (निको हुने दर ६७.८२) रहेको छ । आज मात्रै गण्डकीमा ५९ जना थपिएका छन् । नवलपरासी (ब.सु.पू) का ६, कास्कीका ३१ (२ मृतक सहित), तनहुँका ३ , बाग्लुङका ९ जनामा पोजेटिभ देखिएको हो । पोखरामा मात्र २ पटक गरी ३१ जना थपिए ।
गण्डकी प्रदेशमा २ जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा पहिलो अद्यावधिक विवरण अनुसार २ जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ तथा २६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष तथा वडा नम्बर २७ का ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित सबैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पे–क्लिनिकमा परीक्षण गराएका थिए ।
यस्तै, चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु गैंडाको नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीय महिला, वडा नम्बर ५ का ३२ वर्षीय महिला तथा ३८ वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीय महिला रहेकी छिन् । यस्तै जिल्ला कै कावासोती २ का २३ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा पार्कल्याण्डका डाक्टर, जिएमसीका बिरामीमा कोरोना पुष्टि
पोखरामा मंगलबार बिहान थप २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा कास्कीको पोखरा महानगरका २६ जना सहित तनहुँ र वाग्लुङ जिल्लाका १२ जना गरी ३८ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष, पार्कल्याण्ड अस्पतालका २७ वर्षीया महिला चिकित्सक र पोखरा फुड्स प्रा.लि. मा कार्यरत १७ , २७, २८ र ४० वर्षका पुरुष तथा १७ देखि ४९ वर्ष उमेर समुहका २० जना महिला रहेका छन् ।
त्यसैगरी, तनहुँ आबुंखैरेनीका ५६ वर्षीय पुरुष तथा ४२ र ४८ वर्षीया महिला तथा बागलुङ तमानखोला १, २, ५ र ८ वडाका १९ , ३८ र ४० वर्षका पुरुष तथा १८ देखि ३० वर्ष उमेर समुहका ६ महिलामा कोरोना पुष्टि भएको छ ।

गोरखामा १० जना संक्रमित थपिए
मंगलबार गोरखामा १० जना कोरोना संक्रमित थपिए । स्वास्थ्य निर्देशनालय पोखराको तेस्रो अपडेट अनुसार यहाँका चार पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा गोरखा नगरपालिकाका ५ जना छन् । जसमा पाँच बर्षका, २२ बर्षका, २३ बर्षका पुरुष तथा ६५ र २५ बर्षीया महिला रहेको बताइएको छ । उनीहरु सबै शनिबार कोरोनाबाट मृत्यु भएकी बृद्धाको कन्ट्यक्ट ट्रेसिङ्गमा परेका थिए ।
त्यस्तै, बारपाक सुलिकोट गाउँपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । जसमा ३० बर्षका पुरुष तथा २४ र ४६ बर्षिया महिला रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । भीमसेन थापा गाउँपालिका ३ का ७० बर्षका पुरुष एक जना र सिरानचोक गाउँपालिका ६ का १७ बर्षीय एक युवक रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
कन्ट्याक ट्रेसिङमा परेका ४४ जनामध्य अहिलेसम्म ३५ जनाको रिपोर्ट आइसकेको छ । नौ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पोखरामा आइसियूमा उपचाररत् कोरोना संक्रमित वृद्धाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण पोखरामा मंगलबार दिउँसो एक जना वृद्धाको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् ७३ वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
पोखरा १० की वृद्धा बिरामी भएपछि पोखराकै मेडिप्लस अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई कोरोना संक्रमण भएको आशंकामा अस्पतालका चिकित्सकले स्वाब परीक्षण गर्न पठाएको थियो।
कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए।अहिलेसम्म गण्डकीमा कोरोना भाइरस रोगबाट २१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये कास्कीका ७ जनाको ज्यान गएको छ ।

यसअघि, हिजो काठमाण्डौमा मृत्यु भएकी महिलाको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज मृत्यु पुष्टि गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ निवासी ६३ वर्षीया महिलाको उपचारका क्रममा भदौ २१ गते वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको हो ।
उनलाई ब्रेन ट्युमर तथा मृगौलाको समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । मृतक महिलालाई भदौ १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पोखरा फुड्समा मात्रै ८३ जनालाई कोरोना
आज मंगलबार मात्रै पोखरा फुड्स प्रा.लि.का २४ जनामा कोरोना पुष्टि भयो । यससँगै एउटै कम्पनीमा ८३ जनालाई कोरोना देखिएको छ । यसअघि, सोमबार २५ जना पोखरा फुड्सका थिए । यी दुई दिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयले विज्ञप्तीमा प्रष्ट रुपमा यहाँका कर्मचारी भनेर खुलाएको थियो । त्यसअघि, विहीबार २७ जना भेटिएकोबारे केही बताएको थिएन ।
केही दिन अघि पोखराकै अर्को ठूलो उद्योग कर्माचार्य फुड्समा समेत एक जनामा कोरोना पुष्टि भएको थियो । सोमबार पोखराका ३१ जना संक्रमित मध्ये २५ जना पोखरा फुड्समै कार्यरत मजदुर र कर्मचारी हुन् । मंगलबार पोखराका ३१ जनामा २४ जना पोखरा फुड्सकै कर्मचारी हुन् । यी सबै बिष्कुट फ्याक्ट्रीमा कार्यरत मजदुर कर्मचारी हुन् । ती मध्ये कसैलाई पनि कोरोना भाइरस संक्रमणको लक्षण भने नरहेको कम्पनीका एक कर्मचारीले बताएका छन् ।
अहिले भने उद्योग बन्द छ । संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब निकाल्ने कार्य भइरहेको छ। जोखिमयुक्त समूहको परीक्षण गर्ने क्रममा औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएको थियो । त्यसपछि संक्रमित पत्ता लाग्न थालेको हो । पोखरा फुड्स प्रालि उद्योगी हरि पाण्डेको हो । औद्योगिक क्षेत्रका कामदारमा कोरोना देखिएपछि त्यहाँ कार्यरत कामदारहरु त्रसित छन् ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो