पोखरा घारीपाटन स्थित हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी पक्राउ परेका छन् । अस्पतालमा कार्यरत महिलाहरुले सुवेदी विरुद्ध करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
ति ३५ वर्षीया महिलाले पहिले प्रहरीकहाँ लिखित जाहेरी दिएकी थिइनन् । मंगलबार प्रहरीकहाँ उनीसहित अर्की एक महिलाले पनि सुवेदीविरुद्ध जाहेरी दिएपछि सुवेदीलाई मासबारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लेखा अधिकृत सुवेदीबाट पटकपटक यौन शोषण भएको भन्दै अस्पतालकी महिला कर्मचारीले भदौ १७ गते अस्पतालकै कर्मचारी युनियनमा कारबाहीको माग गर्दै निवेदन दिएकी थिइन् । त्यसपछि, अन्य महिलाहरुले पनि आफूहरु सुवेदीबाट पीडित बनेको आरोप लगाएको थिए । दुई दिनपछि नै लेखा अधिकृत सुवेदी निलम्बित भएका थिए ।
लेखा अधिकृत सुवेदीले विगत ४ वर्षदेखि यौन शोषण गरेको आरोप छ । हिमालय आँखा अस्पतालमा कार्यरत सबै ७२ जना कर्मचारीले हस्ताक्षर गरेर युनियन मार्फत व्यवस्थापन समितिलाई ३ बुँदे माग गर्दै पत्र बुझाएपछि व्यवस्थापन थप दबाबमा परेको थियो । पत्र पाए लगत्तै व्यवसापन समितिको बैठक बसी २० गते नै सुवेदीलाई निलम्बन गरिसकेको थियो ।
उसो त, व्यवस्थापन पक्ष पनि सुवेदीलाई जोगाउने पक्षमा भने होइन । महिलाले नै प्रहरीकहाँ लिखित उजुरी नदिएपछि सुवेदी पक्राउ परेका थिएनन् । महिलाहरु जब प्रहरी कार्यालयमा पुगे, सुवेदी मंगलबार नै पक्राउ परिसके । समितिले घटना छानविन गर्नका लागि ३ सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो