ज्यान मार्ने उद्योग मुद्दामा फरार युवक तनहुँको शुक्लागण्डकीबाट पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार युवक तनहुँको शुक्लागण्डकीबाट पक्राउ

pakrau

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मार्ने उद्योग मुद्दामा फरार व्यक्ती पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने १९ वर्षीय सुक्मित रानालाई प्रहरीले पक्राउ गरेको हो ।

२०७६ फागुन २६ गते दिउसो अन्दाजी ४:३० बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडामा शुक्लागण्डकी वडा नं २ बस्ने सुमित श्रेष्ठ सवार रहेको स्कुटरलाई पिछा गरी बाटो छेकी ज्यान मार्ने उदेश्यले प्रतिबादी जिरे भन्ने रवि लामा समेतले धारिलो हतियार खुडा,खुकुरी र फलामको रड निकाली प्रहार गरी सख्त घाईते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा तत्काल घटना पश्चात फरार रहेका थिए ।

रानालाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खोजतलास गर्ने क्रममा गत आइतबार उनको घरमा फेला पारी तनहुँ जिल्ला अदातलमा उपस्थित गराएकोमा उक्त अदालतको आदेशले पुर्पक्षको लागी कारागार कार्यालय तनहुँमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ