गण्डकीमा पुगे २६६०, गोरखामा १० जना संक्रमित थपिए

गण्डकीमा पुगे २६६०, गोरखामा १० जना संक्रमित थपिए

Gorkha covid

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६६० पुगेको छ । मंगलबार गोरखामा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराको तेस्रो अपडेट अनुसार यहाँका चार पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा गोरखा नगरपालिकाका ५ जना छन् । जसमा पाँच बर्षका, २२ बर्षका, २३ बर्षका पुरुष तथा ६५ र २५ बर्षीया महिला रहेको बताइएको छ । उनीहरु सबै शनिबार कोरोनाबाट मृत्यु भएकी बृद्धाको कन्ट्यक्ट ट्रेसिङ्गमा परेका थिए ।

त्यस्तै, बारपाक सुलिकोट गाउँपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । जसमा ३० बर्षका पुरुष तथा २४ र ४६ बर्षिया महिला रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भीमसेन थापा गाउँपालिका ३ का ७० बर्षका पुरुष एक जना र सिरानचोक गाउँपालिका ६ का १७ बर्षीय एक युवक रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।

कन्ट्याक ट्रेसिङमा परेका ४४ जनामध्य अहिलेसम्म ३५ जनाको रिपोर्ट आइसकेको छ । नौ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds