पोखरामा पार्कल्याण्डका डाक्टर, जिएमसीका बिरामीसहित गण्डकीमा ३८ जनामा कोरोना पुष्टि

पोखरामा पार्कल्याण्डका डाक्टर, जिएमसीका बिरामीसहित गण्डकीमा ३८ जनामा कोरोना पुष्टि

Gandaki Medical College. Photo: GMC

Gandaki Medical College. Photo: GMC

पोखरामा मंगलबार बिहान थप २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा कास्कीको पोखरा महानगरका २६ जना सहित तनहुँ र वाग्लुङ जिल्लाका १२ जना गरी ३८ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष, पार्कल्याण्ड अस्पतालका २७ वर्षीया महिला चिकित्सक र पोखरा फुड्स प्रा.लि. मा कार्यरत १७ , २७, २८ र ४० वर्षका पुरुष तथा १७ देखि ४९ वर्ष उमेर समुहका २० जना महिला रहेका छन् ।

त्यसैगरी, तनहुँ आबुंखैरेनीका ५६ वर्षीय पुरुष तथा ४२ र ४८ वर्षीया महिला तथा बागलुङ तमानखोला १, २, ५ र ८ वडाका १९ , ३८ र ४० वर्षका पुरुष तथा १८ देखि ३० वर्ष उमेर समुहका ६ महिलामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ