एजेन्सी । पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पेमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
लक्षणविहीन रहेका उनले राष्ट्रिय टोलीलाई छाडेका छन् र युईएफए नेसन्स लिगमा मंगलबार पेरिसमा हुने क्रोएसियाविरुद्धको खेल खेल्ने छैनन् ।
शनिबार स्वीडेनविरुद्धको खेलमा भने उनले सहभागिता जनाएका थिए ।
उक्त खेलमा उनको एक मात्र गोलको मद्दतले फ्रान्स १–० ले विजयी बनेको थियो ।
सन् २०१८ को विश्वकप फाइनलको ‘रिप्ले’ मा भने उनले खेल्न नपाउने भएका छन् ।
‘किलियान एम्बाप्पे मंगलबार क्रोएसियाविरुद्ध मंगलबार स्टाडे डे फ्रान्समा हुने खेलमा सहभागी हुनेछैनन्,’ फ्रान्सको फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युईएफएले सोमबार बिहान गरेको कोभिड–१९ को परीक्षणमा उनी पोजेटिभ पाइएका छन् । नतिजा प्राप्त भएपछि उनलाई टोलीबाट छुट्टै राखिएको थियो । अहिले उनी आफ्नो घर फर्किएका छन् ।’
बिहीबारबाट पीएसजीले लिग वानको नयाँ सिजन सुरु गर्दैछ । उक्त खेलका लागि पनि एम्बाप्पेको सहभागितामा आशंका व्यक्त गरिएको छ ।
बिहीबार लेन्ससँगको खेलपछि पीएसजीले आइतबार ‘ले क्लासिक’मा चिरप्रतिद्वन्द्वी मार्सेको सामना गर्नेछ ।
पीएसजीका धेरै खेलाडीहरुमा यतिबेला कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
नेयमार, माकिन्होस, केयलर नाभास, एन्जेल डि मारिया, माउरो इकार्डी र लेनार्डो पारेडेसमा यसअघि नै संक्रमण पुष्टि भइसकेको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो