कास्कीको रुपा गाउँपालिकामा भल पहिरोले घर भत्किंदा एक किशोरीको मृत्यु

कास्कीको रुपा गाउँपालिकामा भल पहिरोले घर भत्किंदा एक किशोरीको मृत्यु

pahirro

कास्की – कास्कीको रुपाकोटमा ढिस्को खसेर लेदो पहिरोले घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ । रुपाकोट गाउँपालिका वडा नं. ६ स्थित काजी बिकको घर माथिको ढिस्को खसेर घर भत्किँदा घरमा सुतिरहेकी २० वर्षीया छोरी सृजना बिकको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

रुपा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नारायण गुरुङका अनुसार ढिस्को खसेर आएको पहिरोले घर भत्किँदा काजी विक सहित छोरी सृजना र छोरा सन्दिप सुतिरहेका थिए । सन्दिपले दिदी र बुबालाई उठाउँदा बुबा उठ्न भ्याए भने दिदी निन्द्रामा उठिनन् । सोहि बेला सिर्जनालाई पहिरोले पुरेकोमा स्थानीय, जप्रतिनिधी र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो ।

पहिरोमा परी गम्भीर घाइते भएकी छोरी सृजनालाई उपचारका लागि पश्चिमान्चल अस्पताल लगिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds