राजस्व संकलन गर्ने सबै बैंकका शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

राजस्व संकलन गर्ने सबै बैंकका शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

nepal-rastra-bank

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले राजस्व संकलन हुने बैंक तथा शाखाहरु भदौ २३ गतेदेखि २५ गतेसम्म खोल्नैपर्ने निर्देशन दिएको छ । निषेधाज्ञाका कारण सीमित शाखामा मात्रै सञ्चालन गरेका बैंकहरुले अब राजस्व संकलन हुने सबै शाखा खोल्नु पर्ने भएको हो ।

राष्ट्र बैंकले साेमबार सम्पूर्ण बैंकहरुलाई पत्राचार गर्दै राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । हाल कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा गरेका कारण कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् ।

बैंकहरुले ग्राहकको भिडभाड हेरेर केही शाखा तथा काउन्टर खुला गरे पनि पूर्णरुपमा आफ्ना शाखाहरु सञ्चालन गर्न पाएका छैनन् । तर अब राष्ट्र बैंकको निर्देशनपछि राजस्व संकलन गर्ने काउन्टरहरु भने खुला गर्नैपर्ने भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds