कोरोना संक्रमणबाट मृत्यु हुनेको मृगौला झिकिन्छ भन्दै भ्रम फैलाउने पक्राउ

कोरोना संक्रमणबाट मृत्यु हुनेको मृगौला झिकिन्छ भन्दै भ्रम फैलाउने पक्राउ

suwas_subba-limbu

कोरोना भाइरस बारे अफबाह फैलाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम जिल्ला घर भइ हाल ललितपुर महानगरपालिका १४ नक्खिपोट बस्ने ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन् ।

युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता उत्तेजना फैलाउने, आम सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर नक्खिपोटबाट पक्राउ गरेको हो ।

लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ