पोखरा । भरतपुर अस्पताल चितवनमा कार्यरत पोखराका थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित सोही अस्पतालमा चिकित्सकका रुपमा कार्यरत रहेका छन् । उनी आफू कार्यरत अस्पतालको आइसोलेसनमा रहेका छन् । यस अगाडि बिहानै पनि पोखरा फूड्सका २५ कर्मचारी सहित पोखरामा थप ३१ जनामा कोरोना पुष्टि भएको थियो ।
यस्तै डायलासीस गर्न पोखरा पुगेका तनहुँको व्यास नगरपालिकाका एक युवकमा कोरोना पुष्टि जिल्लाको व्यास नगरपालिका वडानम्बर ४ का २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा डायलासीसका लागि पुगेका युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित युवकलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ । सोमबार बिहान मात्रै व्यास नगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने