क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावह फेरी पराजित भएको छ ।सेमिफाइनलमा पुगिसकेको जमैका समुह चरणको आफ्नो अन्तिम खेलमा सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित भएको हो ।
गएराती सम्पन्न खेलमा सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछाएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन मात्र बनाएपछि जमैका ११ रनले पराजित भएको हो ।
प्रतियोगितामा जमैकाको यो छैठौ हार हो । यस खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन सहित २० रन दिएर एक विकेट लिएका थिए । सन्दीपले ३२ रन बनाएर खेलिरहेका रहकीम कोर्नवेललाई बोल्ड आउट गरेका थिए ।
योसंगिया सन्दीपले यस सिजनको सिपिएलमा १० खेलका ९ इनिंगमा १२ विकट लिएका छन् । सन्दीप धेरै विकेट लिने खेलाडीको सुचीमा चौथो स्थानमा रहेका छन् ।
योसँगै सिपिएलका लिग चरणका खेलहरु सकिएका छन् ।
अब पहिलो सेमिफाइनलमा ट्रीनबागो नाइट राइडर्स र जमैका तल्लावह खेल्ने छन् । उनीहरुबीच सेप्टेम्बर ८ अर्थात आगामी मंगलबार खेल हुने छ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्स खेल्ने छन् । जुन खेल सेप्टेम्बर ९ अर्थात बुधबार बिहान हुने छ ।
सिपिएलको फाइनल भने विहिबार साँझ हुने छ ।
त्यस्तै सिपिएलबाट डिफेन्डिङ च्याम्पियन बार्बाडोस ट्रीडेन्टस र सेन्ट किट्स एण्ड नेभिस सेमिफाइनलमा नपुग्दै बाहिरिएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने