एउटा भेडाको मूल्य ५ करोड ७३ लाख !

एउटा भेडाको मूल्य ५ करोड ७३ लाख !

sheep

‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख रुपैयाँ) मा बिक्रि भएको छ ।

नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो । बेलायतमा भेडाको प्रजनन गराउनेहरु (ब्रिडर) यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए । लानार्कमा स्कटिश नेशनल टेक्सलले बिक्रि सुरु गर्नु अघि नै केही ब्रिडरले डबल डायमन्डका लागि अत्यधिक बोली लगाएका थिए ।

लिलामी अघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागि भए । तसर्थ यी तीनजना मिलेर सबैलाई उछिन्न सके । यसअघि सन् २००९ मा एउटा भेडा ३ लाख ७ हजार डलर ९३ करोड ५९ लाख रुपैयाँमा बिक्रि भएको थियो ।

स्रोतः अडिटी सेन्ट्रल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ