युवा खेलाडी अन्सु फातीको कीर्तिमानी गोलमा स्पेनले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
यसअघि यो रेकर्ड जुवान इराक्विनको नाममा थियो। उनले सन् १९२५ मा स्विट्जरल्यान्डविरुद्ध १८ वर्ष ३ सय ४४ दिनको उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए।
घरेलु मैदनमा भएको खेलमा स्पेनलाई जित दिलाउन कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्यस्तै अन्सु फाती र फेरान टोरेसले एक–एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको तेस्रो मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाए । २९ औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।
३२ औँ मिनेटमा स्पेनका लागि अन्सु फातीले गोल गर्दै स्पेनलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८४ औ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० गोलको जित दिलाए । आजको खेलमा फातीको स्पेनका लागि यो डेब्यू गरे । उनले गरेको गोलले स्पेनिस फुटबलका लागि एक नयाँ कीर्तिमान बनेको छ ।
फाती हाल स्पेनिस राष्ट्रिय टोलीका लािग सबै भन्दा सानो उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । १७ वर्षिय फाती हाल स्पेनिस ला लिगा क्लब बार्सिलोनाका लागि पनि उत्कृष्ट खेलाडीको रुपमा परिचित छन् ।
जितसँगै समूह डीको स्पेनले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानको युक्रेनको ३ अंक रहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने