आईपीएलको खेल तालिका सार्वजनिक, उद्‌घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको खेल तालिका सार्वजनिक, उद्‌घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

mumbai vs chennai

आइपिएलको सिजनको आइपिएलको उद्‌घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स भिड्ने भएका छन्।

आइपिएलले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार सेप्टेम्बर १९ मा मुम्बई र चेन्नईबीच नेपाली समयअनुसार राति पौने ८ बजे पहिलो खेल हुनेछ। सो खेल अबुधावीमा हुनेछ।

आइपिएलका राउन्ड रोबिनका खेल युएईको तीन स्थानमा हुनेछन्। जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन्।

कोरोना भाइरसका कारण भारतमा आइपिएल हुन सम्भव नभएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले युएईमा सिजनको आइपिएल आयोजना गर्न लागेको हो।

कोरोनाकै कारण आइपिएल पाँच महिना ढिलो गरी हुँदैछ। आइपिएलमा यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ