परिवारका एक सदस्यलाई कोरोना देखिएपछि स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टिनमा

परिवारका एक सदस्यलाई कोरोना देखिएपछि स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टिनमा

bhanubhakta-dhakal

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् ।

परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकालसहित परिवारका सदस्य मन्त्रीको सरकारी निवासमै होम क्वारेन्टिनमा बसेका हुन् ।

एक बैंकमा कार्यरत मन्त्री ढकालको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रीका आफन्त संक्रमित भएकाले क्वारेन्टिनमा बसेको पुष्टि गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds