नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

corona death

कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौंका तीन जना छन् । काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मोरङका ४५ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसमेत नेपालमा संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या दुई सय ८९ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ