गाेरखाकी बृद्धाको मृत्युपछि कोरोना पुष्टि

गाेरखाकी बृद्धाको मृत्युपछि कोरोना पुष्टि

corona-death

सांकेतिक तस्बिर ।

गोरखा अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएकी वृद्धामामा मृत्युपछि कोरोना पुष्टि भएको छ । उपचारको क्रममा मृत्यु भएको गोरखा नगरपालिका वडा नं ७ धारापानीकी ७५ वर्षीय वृद्धाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नमुना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन्ट डा.नविन थापाले विज्ञप्ती प्रकाशित गरेर कोरोना पुष्टि भएको महिलाको मष्तिष्कघात भएर घरमै उपचार गराइरहेको र शनिवार अचेत अवस्थामा अस्पताल ल्याइएकोमा उपचारको क्रममा निधन भएको जनाएको छ ।

उनको परिवारका ३ जना सदस्यमा शुक्रवार कोरोना संक्रमण देखिए पछि उनी पनि कन्ट्याक्ट ट्रेसिङमा परेकी थिइन ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । कास्कीका ५, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १६ पुगेको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds