पोखरा – आइतबार बिहानै पोखराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका बिभिन्न ८ वडाका २० जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा १० का ४२ वर्षीय पुरुष, पोखरा ४ का ३५ वर्षीय पुरुष, पोखरा २७ का ४२ वर्षीय पुरुष र २३ र ४२ वर्षीया २ जना (वडा नखुलेको) महिलाको परीक्षणमा कोरोना पोजेटिभ देखिएको निर्देशानालयले जनाएको छ ।
यस्तै क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा ७ का २५ र ५२ वर्षीय पुरुष,पोखरा ८ का ३६ र ३८ वर्षीया महिला र ११ वर्षीय बालक सहित २७ र ४१ वर्षीय पुरुष, पोखरा १० का २५ र ५३ वर्षीया महिला र २७, ३१ र ५२ वर्षीय पुरुष, पोखरा २७ का ३६ वर्षीय पुरुष र पोखरा ३ का २८ र ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
पोखरामा आज पुष्टि भएका २ जना महिला अमरसिंह स्थित पार्कल्याण्ड अस्पतालका स्वास्थ्यकर्मी हुन् । कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने