गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
फुटबलका सुपरस्टार लियोनल मेस्सी अन्ततः बार्सिलोना नै बस्ने भएका छन् । झण्डै दुई हप्ताअघि बार्सिलोनाबाट बाहिरिन चाहेको जानकारीसहितको आग्रह पत्र क्लबलाई बुझाएका मेस्सीले हाल आएर आफू स्पेनिस जाइन्टमै बस्ने बताएका हुन् ।
गोल डटकमलाई दिएको अन्तर्वार्ताको क्रममा मेस्सीले ‘हृदय टुटे’ पनि बार्सिलोनामै बस्ने निर्णय गर्नुको कारण विस्तृत रुपमा बताएका छन् । २० वर्ष बार्सिलोनामा रहेका मेस्सीले च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएको ९ दिनपछि क्लब छोड्न चाहेको बताएका थिए ।
आफूलाई बार्सिलोनाबाट किन्नका लागि तिर्नु पर्ने ७०० मिलियन युरो तिर्न कुनै पनि क्लबले नसक्ने भएको तथा आफूले जीवन दिएको अति नै माया गर्ने क्लबविरुद्ध खेल्न नचाहेकाले बार्सिलोनामै बस्ने निर्णयमा पुगेको मेस्सीले बताएका छन् ।
३३ वर्षका मेस्सीले बार्सिलोना छोड्नका लागि फ्रि ट्रान्सफरको विकल्पमा छलफल गरे पनि त्यो सम्भव नभएको हो । उनले जुन १० सम्ममा जानकारी गएको भए स्वतन्त्र मूल्यमा क्लब छोड्न पाउने थिए ।
गोलसँग मेस्सीले भनेका छन्, ‘मलाई लागेको थियो कि बार्सिलोना छोड्न म स्वतन्त्र छु । मैले अध्यक्षलाई भनेको थिए । उनले जहिले पनि सिजनको अन्त्यमा मैले क्लबै रहने कि नहरने भनेर निर्णय लिन सक्ने बताए जहिले पनि र उनले अहिले आफ्नो सो वचन कायम गरेनन् ।’
उनले अघि भनेका छन्, ‘अब म बार्सिलोनामै बस्ने निर्णयमा पुगेको छु किनकी अध्यक्षले मलाई भने कि–क्लब छोड्नका लागि एक मात्र उपाय ७०० मिलियन युरो तिर्नु हो । र त्यो असम्भव छ ।’
बार्सिलोनासँगको मेस्सीको हालको सम्झौता आउँदो सिजन सकिने छ । मेस्सीले भनेका छन्, ‘म स्वतन्त्र मूल्यमा बाहिरिनका लागि जुन १० मा भन्नु पर्ने रहेछ, र उनीहरु मैले त्यो बेला किन भनिन भनेका छन् । तर अहिलेको कोरोना भाइरसको महामारीका बेला ला लिगा लगभग मध्यतिर मात्रै थियो ।’
‘क्लबबाट बाहिरिने अर्को उपाय अदालती प्रक्रिया पनि हो । तर म कहिल्यै पनि बार्सिलोनाविरुद्ध अदालत जाने छैन, मैले माया गरेको क्लब हो, जसलाई मैले आएदेखि आफ्नो सब चिज दिएको छु । ‘यो मेरो जीवनको क्लब हो, मैले यहिँ मेरो जीवन बनाएँ ।’
बार्सिलोना स्टार लुइस स्वारेज युभेन्टस जाने तयारीमा
बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज भने इटालियन क्लब युभेन्टस जाने तयारीमा रहेको दाबी बिबिसीले गरेको छ । स्वारेज युभेन्टसमा अनुबन्धित हुन सहमत भएको उल्लेख छ ।
स्पेनिस जाइन्ट बार्सिलोनाबाट बाहिरिनका लागि सो क्लबलाई मनाउन सफल भएमा स्वारेज फ्रि ट्रान्सफरमा वा न्यून मूल्यमा युभेन्टस जाने दाबी बिबिसीको खबरमा छ ।
उरुग्वियन खेलाडी स्वारेजको बार्सिलोनासँगको हालको सम्झौता अझै एक वर्ष बाँकी छ । सन् २०१६ मा भएको सम्झौता अनुसार आउँदो सिजन ६० प्रतिशत खेलमा सहभागिता जनाएमा अर्को एक वर्ष थप हुनेछ ।
इटालियन पत्रिकाहरुका अनुसार स्वारेजले इटालीमा खेल्नका लागि नागरिकता सम्बन्धी परीक्षण पनि पास गर्नु पर्ने जनाएका छन् । दक्षिण अमेरिकी स्वारेजकी श्रीमती इटालियन हुन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने