एमबाप्पेको गोलमा फ्रान्सको जित, पेनाल्टीमा चुके ग्रिजमेन 

एमबाप्पेको गोलमा फ्रान्सको जित, पेनाल्टीमा चुके ग्रिजमेन 

ambape France

युइएफ नेशन्स कप अन्तर्गत गएराति भएको खेलमा स्वीडेन माथि फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ। समूह सी अन्तर्गत स्वीडेनको फ्रेन्डस् एरेना स्टेडियममा भएको खेलमा फ्रान्सले १-० को संघर्षपूर्ण जित निकालेको हो।

फ्रान्सको जितमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकरसमेत रहेका किलियन एम्बाप्पेले निर्णायक गोल गरे। उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै अतिरिक्स समयमा फ्रान्सले पेनाल्टीको अवसर पनि पाएका थियो। यद्यपि यसमा स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकरसमेत रहेका एन्टोनी ग्रिजमेन चुके।

त्यस्तै समूह सी कै अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि ४-१ को फराकिलो जित निकालेको थियो।

समूह सी मा फ्रान्स, स्वीडेन, पोर्चुगल र क्रोएसिया छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ